विश्वकपमा ब्राजिलसँग भिड्दैँ एसियाली ‘बाघ’ कोरिया
काठमाडाैं | मंसिर १९, २०७९
काठमाडौं: आजको खेलमा ब्राजिलले एसियाली ‘बाघ’ दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२:४५ बजेपछि हुनेछ ।
दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा पुग्न चाहान्छ । सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले लगातार अन्य तीन खेलाडी र खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको छ ।
छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई आफ्नो खेलाडीको चोट महँगो पर्न सक्नेछ । तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन् ।
यता, दक्षिण कोरिया पनि अर्को स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।
यसैगरी यो भन्दा अगाडी जापान र क्रोएसिया भिड्दैँछन् । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजेपछि हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

